‘फोल्डिङ डिस्प्ले’ भएका ल्यापटप सार्वजनिक (विशेषता सहित) « Khabarhub

‘फोल्डिङ डिस्प्ले’ भएका ल्यापटप सार्वजनिक (विशेषता सहित)


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रविधिको द्रुततर विकाससँगै फोल्डिङ डिस्प्ले भएको ल्यापटप समेत सार्वजनिक भएका छन् । ल्यापटप निर्माता कम्पनीले हालै भएको ‘विद्युतीय उपकरण मेला’मा फोल्डिङ डिस्प्ले भएका ल्यापटप सार्वजनिक गरेका हुन् ।

त्यसो त सवैभन्दा पहिले चिनियाँ कम्पनी लिनोभोले फोल्डिङ डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको थियो । तत्पश्चात अन्य कप्पनीहरुले पनि प्रतिस्पर्धात्मक रुपमा आफ्ना नयाँ ब्राण्डहरु बजारमा सार्वजनिक गरेका हुन् ।

उनीहरुले केही नयाँ फिचर थप्दै फोल्डिङ डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेका छन्।

डेल, इन्टेल र लिनोभो लगायत केही अन्य कम्पनीहरुले समेत फोल्डिङ डिस्प्ले भएका ल्यापटप सार्वजनिक गरेका हुन् ।

हाल चाइनिज ल्यापटप निर्माता लिनोभोले थिंकप्याड एक्स १ फोल्ड सहित आफ्नो दोस्रो फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गरेको हो ।

यस ल्यापटपमा १३ इन्चको फोल्ड गर्न मिल्ने डिस्प्ले रहेको छ । उक्त डिस्प्ले ओलेड प्रविधिबाट बनेको डिस्प्ले हो । यस ल्यापटपलाई फोल्ड गरेर सानो ट्याब्लेट जस्तो पनि बनाउन मिल्ने छ ।

अर्को ल्यापटप निर्माता कम्पनी डेलले पनि फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई सार्वजनिक गरेको हो । डेलले आफ्नो १३ इन्च को फोल्डिङ डिस्प्ले भएको ल्यापटपलाई ‘ओरि’ नाम दिएको छ ।

त्यस्तै इन्टेलले पनि आफ्नै प्रकारको फोल्डिङ डिस्प्ले भएको ल्यापटपको नमुनालाई सार्वजनिक गरेको छ । उक्त नमुना ल्यापटपलाई ‘हर्ससु बेन्ड’ नाम दिइएको छ ।

डेल र लिनोभोको फोल्डिङ ल्यापटपको तुलनामा इन्टेलको ल्यापटप ठूलो रहेको छ । यसमा ४:३ अनुपातको १७.३ इन्चको डिस्प्ले प्रयोग गरिएको छ । इन्टेलको फोल्डिङ डिस्प्ले भएको ल्यापटपको मोटाइ केवल ७ मिमिको रहेको छ ।

यी सबै फोल्डिङ डिस्प्ले भएको नयाँ प्रकारको ल्यापटपमा माइक्रोसफ्टको विन्डोज १० एक्स अपरेटिंग सिस्टम चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ३७ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका