यसरी मोबाइलबाट खिच्न सकिन्छ ‘डिएसएलआर’कै जस्तो तस्वीर ! « Khabarhub

यसरी मोबाइलबाट खिच्न सकिन्छ ‘डिएसएलआर’कै जस्तो तस्वीर !


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना र प्रविधिले फड्को मारे पनि धेरै कुरामा हामी अनविज्ञ छौं । हामीसँग साधन र स्रोत  भए पनि त्यसको सही  सदुपयोग गर्न जानिरहेका हुँदैनौं ।

अहिले सबैको हात हातमा स्मार्टफोन हुन्छ । त्यसबाट पनि उच्च क्वालिटीको फोटो खिच्न पनि सकिन्छ । जुन तपाईलाई जानकारी नहुन सक्छ । तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिचेको जस्तै उत्कृष्ट क्वालीटीको तस्वीर खिच्न सकिन्छ ।

डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं ।

गूगल प्ले स्टोर सजिलै प्राप्त गर्न सकिने एप्स र एप्सका फिचरहरु-

Camera Zoom FX:

क्यामेरा जुम एफएक्स एपको साइज ५ एमबी छ । यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् । यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ ।

Camera Connect & Control:

यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । एपको साइज ६.४ एमबी छ । यसले तपाइको स्मार्टफोनको क्यामेरालाई कन्ट्रोल गर्छ ।

Adobe Photoshop Lightroom CC:

मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ ।  यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ ।

VSCO:

यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्स दिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ । यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्