आधुनिक नेपाल निर्माणका एकमात्र महामानव हुन पृथ्वीनारायण शाह । यही महान इतिहासलाई मेटन खोज्दैछन भुइखुट्टाहरु र बर्षौदेखि मनाउदै आएको राष्ट्रिय एकता दिवस वा पृथ्वी जयन्तीलाई मिल्ने भए पात्रोबाटै पुस २७ लाई मेटन खोज्दैछन ।
यो जत्तिको सरमनाक विषय यो देशका लागि अरु के नै हुन सक्छ र! साना साना टुक्रामा बिभाजित बाइसे र चौबिसे राज्यहरुलाई उनले नै एउटा एक सँगोल राष्ट्रको मालामा आबद्ध गराएका थिए ।
पुस २७ पृथ्वी जयन्ती यो दिनलाई २०६३ साल अघिसम्म राष्ट्रिय एकता दिवसका रुपमा सरकारले सार्वजनिक बिदा दिएर राष्ट्रिय चाडको रुपमा भब्यताका साथ मनाइन्थ्यो । तर जब गणतन्त्रका लागि २०६२/६३ सालमा दोस्रो जन आन्दोलन भयो तब यो दिनलाई राष्ट्रिय एकताको रूपमा मनाउन छोडियो ।
नेपाल सरकारले यो दिनमा सार्वजनिक बिदा दिन पनि मनाही गर्यो । हामीले स्वतन्त्र राष्ट्र नेपालको स्वतन्त्र नागरिक भन्ने जुन सौभाग्य पाएका छौ यसमा शाहको एकदमै ठुलो र अतुलनीय योगदान रहेको छ।
पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको लागि नभएर हामी नेपाली भएर बच्ने कि नबाच्ने भन्ने कुरा प्रमुख हो।त्यसैले यदि नेपाली भएर बच्ने हो भने हामीले पृथ्वी जयन्ती सार्वजनिक बिदा सहित राष्ट्रिय चाडका रुपमा मनाउन र राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्द्छ।
राजा नरभुपाल शाह र रानी कौशल्यावतिको उत्तराधिकार भएर १७८९ पुस २७ मा जन्मेका पृथ्वीनारायण शाह २० बर्षमा गोर्खाका राजा भएका थिए ।शाहले राजगद्दीमा बसे लगतै नेपाल एकीकरण अभियानको शुरूवात गरेका थिए ।
बि स १८०१ असोज १५गते नुवाकोट माथी बिजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर ,पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाले एकीकरण अभियानलाई पुर्बका चौदन्डि र बिजयपुर हुँदै टिष्टा सम्म पुर्याएका थिए।
शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए तर त्यो पुर्ण हुन सकेन जे होस नेपाल एकीकरण महान अभियान उनले सुरुवात गरेका थिए तर मान्छेहरु भन्नलाई त गोर्खा राज्यको बिस्तार गरे मात्र भन्छ्न तर तेहि बिस्तारको क्रममा बनेको यो नेपाल कुनै समान्य सपनाको उपज होइन ।
यस संगै एउटा बहसको सुरुवात भएको छ । पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने कि नमनाउने? पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेकी बिस्तारवाद मात्र ? उनका योगदानको कदर गर्ने कि नगर्ने वा गरे कसरि गर्ने ? भन्ने विषय पछिल्लो समय निकै गहकिलो बन्दै गएको छ।
पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा मान्न नचाहनेहरुको चेतनाको स्तर नभएको भनेका छ्न इतिहासबिद तथा साहित्यकार मोदनाथ प्रश्रितले । बामपन्थिका नेता समेत रहेका उनले माओवादी सशस्त्र युद्धमा १७ हजार मानिसहरुको ज्यान लिने आन्दोलनको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामलाई जनतालाई भोट हालेर प्रधानमन्त्री बनाउन हुने ।
तर राष्ट्रलाई एकताको शुत्रमा बाध्ने पृथ्वीनारायण शाहको सालिक भत्काएर गाली गर्न नैतिकताले नदिने बताउँछन् र देशमा राजतन्त्र अनत्य भएको छ तर राजतन्त्र अन्त्य भए पनि राजतन्त्रले इतिहासमा खेलेको भुमिका नामेट गर्ने नमिल्ने उनको तर्क छ।
गणतन्त्र स्थापनापछि २०६३ सालमा बनेको गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस खारेज गर्दै मनाउन र सार्वजनिक बिदा दिन छोडेको थियो।त्यसपछि सुशील कोइराला नेतृत्वको सरकारले समेत पृथ्वी जयन्तीका अबसरमा सार्वजनिक बिदा दिने तयारी थालेको थियो।
तत्कालीन प्रधानमन्त्री कोइराला स्वयमले पुस २७ लाई सार्वजनिक बिदा दिएर एकता दिवस मनाउने प्रस्ताब मन्त्री परिषदमा लगेका थिए ।कोइरालाको प्रस्ताब तत्कालीन गृहमन्त्री बामदेब गौतमले समर्थन गरे पनि संञ्चार मन्त्री मिनेन्द्र रिजालले बिरोध जनाएका थिए।
कुनै बेला पृथ्वीनारायण शाह देखि पुर्बराजाहरुको शालिक ढाल्न लगाउने अहिलेका नयाँ शक्ति नेपालका अभियान्ता बाबुराम भटटराई समेत पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरणमा उनले खेलेको भुमिकाको सम्मान गर्नुपर्ने बताउँछन् ।
नेपाल राष्ट्रका एक समान्य रचनाकार मात्र नभएर उनी यो नेपालको कुटनीति ,राजनीति, प्रशासनिक क्षेत्र , प्ररराष्ट राष्ट्रियताका जग उनै हुन।
सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यता नदिएतापनी विभिन्न ब्यक्ति ,समूह र सँगठनहरुले आफ्नै किसिमले पुस २७ लाई एकता दिवसका रुपमा मनाइरहेका छ्न । उनिहरुले यस दिनलाई राष्ट्रिय एकताको दिवसकै रुपमा स्थापना गरेर सार्वजनिक बिदा दिनुपर्ने माग गरिरहेका छ्न र माग जायज पनि हो।
राष्ट्रको इतिहास छ त केबल त्यो पृथ्वीनारायण शाहको योगदानभित्र छ। मात्र ५२ बर्ष जीवन रह्यो तर शाहले यति छोटो समयाबधिमा देशको प्राण रहेसम्म जिबित रहने कर्म गरेका छ्न।
पृथ्वीनारायण शाह पछिल्लो समयको राजनितीले नामेट गर्न खोजिरहेको छ तर उनलाई आम नागरिकले सधै स्वीकार गरिरहेका छ्न । उनको पहिचान मेटन खोज्ने राजनीतिक दलका नेताहरु अहिले उनकै पहिचान खोज्न बिबश बनेका छ्न।दोस्रो जनआन्दोलन पछि आएको हुरिले उनको इतिहास लाई बिर्सने चेष्ठा गरियो।
हाम्रा छिमेकी सँग कस्तो सम्बन्ध राखेर आफ्नो राष्ट्रलाई आत्मानिर्भर र स्वाधिन बनाउन सकिन्छ भन्ने अहिलेका राजनितिज्ञ अझै आन्योलमा छ्न तर पृथ्वीनारायण शाहले उहिले नै स्पष्ट पर्दै भनेका थिए कि यो राज्य भनेको दुई ढुङ्गा बिचको तरुल जस्तो रहे ।
चीन बदशाहसँग ठुलो घाहा राख्नु दक्षिण समुन्द्रको बादसाहसँग घात रख्नु तर त्यो महा चतुर छ । जाइ कटक नगर्नु झिकि कटक गर्नु भनेर उनले आफ्नो उपदेशमा उल्लेख गरेका थिए ।
तर बिडम्बना उनले निर्माण गरेको भुमिमा उभिएर आज मानिसहरूले इतिहास बिर्सने चेष्ठा गरिरहेका छ्न,उनैले आत्मनिर्भर र स्वाधीन बन्न सिकाएको यो समाजले आज उनैलाई संघीयता बिरोधिको पघरी भिराई रहेको छ । अझ भन्ने नै हो भने यो समाजले उनैलाई निरंकुश र जहानिया शासनको प्रारम्भ कर्ताको मुकुन्डो नभिराएको पनि होइन ।
देशको समृद्धि ,ब्यापार र अनि देशको शासन चलाउनेलाई उनको अर्ति थियो, आफ्नो देशको जिनिस ,जडिबुटी देश लैजानु र नगद खैची राख्नु र प्रजा मोटा भया दरबार बलियो हुन्छ ,राजाका भण्डार भनेकै रैतानहरु हुन।
आजको विकासको मोडेल धेरैलाई मनपरिरहेको छैन । धान फल्ने खेतमा पलटिङ्ग गरिन्छ र यस्ता धेरै अरु पनि उदाहरण छ्न,यस्तो अबस्था आउला भन्ने उनले पुर्बाअनुमान नै गरेका छ्न नत्र किन भन्थे । खानी भयाका ठाउमा गाउँ भया भने पनि गाउँ अरु जग्गामा सारिकन पनि खानी चलाउनु ।
गाह्रो बन्याको जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटि खेत बनाई आवाद गर्नु। पृथ्वीनारायण शाहले उहिले नै बुझेका थिए । मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको साझा फुलबारी हो सबैलाई चेतना भया ,यो फुलबारी छोटा बडा चारै बर्ण र छत्तीसै जातले यसलाई सम्भार गर्नु भनेका थिए ।
राज्य परिबेशमा कृषिमा क्रान्ति ,औधौगिक क्रान्ति ,आर्थिक क्रान्ति लगायतका अन्य जतिसुकै क्रान्तिका बिगुल फुके पनि यदि देशमा शुसासन र भ्रष्टाचार नियन्त्रण छैन भने देश कहिलै पनि आत्मनिर्भर र स्वाधिन बन्न सक्दैन त्यसैले आफ्नो उपदेशमा शाहले भनेका छ्न ,अन्याय मुलुकमा हुन नदिनु,न्याय निसाफ बिर्गान्या भनेका घुस दिन्या र घुस खान्या हुन,यी दुइको त धनजित गरि लियाको पनि पाप हुदैन ,यी राजाका महाशत्रुर हुन।उनले न्यायलाय कसरि चलउने भन्ने सन्दर्भमा आफ्नो उपदेशमा भनेका छ्न,अदालतमा पनि ढकुरी जाची डिष्ठा राख्नु मगर जाची बिस्परी थप्नु कचहरी पिछे यकयक पिण्डित राषि शास्त्र बमोजिम अदालत चलाउनु।
राष्ट्रनिर्माणको बिषयमा बहस गरिनु कदापि पानी राम्रो होईन। बिस्मार्कले गरेको जर्मन एकीकरणको बिषयमा मार्क्सले बहस गरेनन त्यसलाई सम्मान गरे ।
जारले गरेको रुस एकीकरण बिषयमा लेनिन र स्टालिन ले बहस गरेनन बरु दोस्रो विश्व युद्धमा स्टालिनले जारको शालिक देखाउदै राष्ट्र रक्षाको आवहान गरेका थिए।अमेरिका जर्ज वासीङ्टनले एकीकरण गरे ,वासीङ्टनको बिषयमा प्रश्न उठाउनेलाई फाँसी दिईन्छ तर यहाँ राष्ट्र निर्माता माथि आक्रमण गरिन्छ र राष्ट्र निर्माताका शालिकहरु दिनदाहडै फुटाईन्छन।
राष्ट्रको इतिहास छ त त्यो केबल पृथ्वीनारायण शाहको योगदान र जिबनी भित्र छ त्यसैले कुनै पनि स्वार्थमा बिभाजित भएर इतिहासलाई नामेट गर्ने प्रयत्न नगरौ र पुस २७ लाई पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस वा राष्ट्रिय चाडका रुपमा भब्यताका साथ मनाउ।।
(चन्द, पीएन क्याम्पसमा ,कानून अध्ययनरत विद्यार्थी हुन्)
प्रतिक्रिया