दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा रुन्छ ! « Khabarhub

दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा रुन्छ !


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विलियम ब्लेक विश्वप्रसिद्ध कवि तथा चित्रकार हुन् । उनी अंग्रेजी साहित्यमा ‘द ल्याम्ब’ र ‘द टाइगर’ कविताका लागि प्रख्यात छन् ।

विलियम ब्लेकले आफ्नो सिर्जना मार्फत लैङ्गिक समानता, वर्गीय समानता विचार संगै रंगभेद विरुद्धको आफ्नो आवाज प्रस्तुत गर्थे । उनको जन्म सन् १७५७ नोभेम्भर २८ मा भएको थियो ।

उनका केही भनाइहरु विश्वविख्यात रहेका छन् । जुन जीवन उपयोगी छन् ।

विलियम ब्लेकका जीवनोपयोगी भनाइहरुः

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौं । हामी ती समस्या र विरोधाभासको बीचमा पनि बाँचेर ती कुराहरुभन्दा माथी उठ्नको लागि जन्मिएका हौं ।
२. ज्ञानको सबैभन्दा स्रोत परीक्षण हो । जति धेरै परीक्षण गर्छौ, अनुभव लिन्छौं, त्यतिनै धेरै ज्ञान बढ्छ ।
३. कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्धिमान हो ।
४. दिमागमा भएको कुरा बोल्छौं भने सतहमा रहने मान्छेले सधै तिमीलाई नकार्छ ।
५. बिहान सोंच, दिउँसो काम गर, बेलुका खाना खाऊ र राति निन्द्रा पुग्ने गरी सुत ।
६. उही रुखलाई मूर्ख र बुद्धिमानले व्यक्तिले फरक–फरक देख्छन् ।
७. जुन व्यक्तिले आफ्ना विचार र भावनालाई व्यक्त गर्दैन्, त्यो व्यक्ति थुनिएको पानी जस्तै हुन्छ ।
८. दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा मान्छे रुन्छ ।
९. आफ्नो जिन्दगीप्रतिको सम्पूर्ण दायित्व आफूले लिनु नै ज्ञान हो ।
१०. तिमी जस्तो छौं, त्यस्तै देख्छौ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु