चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने « Khabarhub

चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मधुसुदन प्रधान अध्यक्ष पदमा चयन भएका छन् । बुधवार संघको ४६ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको ३ वर्षे कार्यकालमा प्रधानले डेढ वर्ष र वीरेन्द्र नारायण श्रेष्ठले डेढ वर्ष चलाउने गरी अध्यक्ष चुनिएको हो । संघको अध्यक्ष पदमा प्रधान र श्रेष्ठले उम्मेदवारी दिएका थिए । दुवैले आधा आधा कार्यकाल सम्हाल्ने सहमति गरेका हुन् ।

यस्तै साधारणसभाबाट अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्द बहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता सदस्यमा चयन भएका छन् ।

साधारणसभाले पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा। सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन गरेको छ ।

‌कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए । यस्तै कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले चलचित्र आफ्नो धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्:

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३१ बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको