नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर « Khabarhub

नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको रामग्राम नगरपालिका–८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्थानीय सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरेवापत बिना रसिद २ लाख रुपैयाँ (घुस) लिएको अभियोगमा पक्राउ परेका वडाध्यक्ष मगरविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष मगरले स्थानीय सेवाग्राहीसँग बार्गेनिङ गरी विभिन्न शीर्षकमा घुस रकम माग्ने गरेका थिए ।

अख्तियारले वडाध्यक्ष मगरविरुद्ध २ लाख रुपैयाँ बिगो दावी गर्दै बिगो अनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : ०२ बजे

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन