पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध « Khabarhub

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् । 

नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति  सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा बेलुका १७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले  कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित बेनी–जोमसोम सडक पनि   पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : ५५ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र