सुरक्षित विद्यालय अभियान शुरु « Khabarhub

सुरक्षित विद्यालय अभियान शुरु


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए । राजमार्ग नजिक रहेका विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने सो संस्थाले जनाएको छ ।

विसं. २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको हो ।

संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा उनले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए ।

संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : ५५ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट