जिल्ला न्यायाधीशहरुको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

जिल्ला न्यायाधीशहरुको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले गत मङ्सिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ ।

रिट निवेदनमा नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छा चारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख छ ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ४५ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय