चुरोट छोड्न सक्नुभएको छैन्, अपनाउनुहोस यी ६ उपाय « Khabarhub

चुरोट छोड्न सक्नुभएको छैन्, अपनाउनुहोस यी ६ उपाय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं नयाँ पुस्ता धुम्रपान गर्दछन् । युवाहरुमा त यो समस्या अझ बढि मात्रामा रहने गरेको छ ।

युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिस पनि पर्ने गरेका छन् ।

तर, एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन भने निकै कठिन हुने गर्दछ । धुम्रपान नराम्रो हो भनेर जान्दाजान्दै पनि कतिपयलाई यो लत त्याग्न सम्भव भइरहेको हुदैन । हामी धुम्रपानको तलतल हटाउन केहि टिप्सहरु दिदैछौ, जसको पालना गरेमा धुम्रपान त्याग्न सकिन्छ ।

१. दालचिनी चपाउने
चुरोटको लत बसेकाहरुलाई बारम्बार यसको तलतलले सताउछँ । यस्तोमा दालचिनीको एक टुक्रा मुखमा राखि चपाउनु लाभदायक हुन्छ । दालचिनीको स्वादले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ ।

२. अमला चुस्ने
चुरोट पिउन मन लागेको बेला एक टुक्रा अमला चुस्नु निकै उपयोगी हुन्छ । यसका लागी अमलाको टुक्रामा नुन मिसाएर घाममा सुकाउनुपर्छ । अमलामा हुने भिटामिन सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गर्छ ।

३. बोजोको टुक्रा चपाउने
बोजो एक बहु औषधिय गुण सम्पन्न वनस्पती हो । तसर्थ बोजोको टुक्रा गोजीमा राखि चुरोट सेवन गर्न मन लागेको बेला एक टुक्रा बोजो चपाउँदा चुरोट पिउने चाहना आफैं कम भएर जान्छ ।

४. चुइगम चपाउने
यदि तपाईलाई तत्काल चुरोट पिउन मन लागेको छ भने एक दुई वटा चुईंगम मुखमा राखि चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख व्यस्त पार्नुको साथै चुरोट पिउने ध्यानबाट अलग्याउँछ ।

५. प्रशस्त पानी
चुरोटको लत बसेकाहरुले दैनिक अनिवार्य २ लिटरभन्दा बढि पानी पिउने गर्नुपर्छ । यदि शरीरमा प्रसस्त मात्रामा पानी पुगेमा यसले शरीर हाइड्रेट रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनलाई समेत बाहिर निकाल्न मद्दत गर्दछ ।

६. मह चाट्नुहोस्
एकदमै चुरोट पिउन मन लागेको छ भने एक चम्चा मह चाटेमा यो तलतल बिस्तारै कम हुदँै जान्छ । साथै महको सेवनले धुम्रपानबाट हुने हानि कम गराउँछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ४३ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको