नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु « Khabarhub

नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  आठ जना घाइते भएका छन् ।

लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबै बुलिङटार गाउँपालिका ३ का बासिन्दा हुन ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ३२ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त