नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु « Khabarhub

नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  आठ जना घाइते भएका छन् ।

लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबै बुलिङटार गाउँपालिका ३ का बासिन्दा हुन ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ३२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको