गुम्बागाउँको भाइरल सङ्क्रमण ‘इफ्लुएन्जा’ हुनसक्ने « Khabarhub

गुम्बागाउँको भाइरल सङ्क्रमण ‘इफ्लुएन्जा’ हुनसक्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेका रुघाखोकीका बिरामीको स्याम्पल परीक्षण गरिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बागाउँमा रुघाखोकीको संक्रमण बढ्दै गएपछि सरकारले उनीहरुको स्याम्पल परीक्षण गर्न लागेको हो ।

गाउँपालिकाले कोरोना भाइरसको आशंका गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपछि इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई बिरामीको स्याम्पल संकलनका लागि प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्रयोगशालाका प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएका छन् ।

‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्राविधिक सहितको टोली बिरामीको स्याम्पल परीक्षण गरेर रुघाखोकी र ज्वरोका कारण पत्ता लगाउन स्याम्पल संकलनका लागि जानुभएको छ,’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले भने, ‘जनस्वास्थ्य प्रयोगशालाको टोलीले केही बिरामीको स्याम्पल संकलन गर्छ, त्यसपछि त्यो रोगको कारणबारे एकिन जानकारी हुन्छ ।’

केही बिरामीको स्याम्पल संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो चरणमा इफ्लुएन्जा परीक्षण गरिने छ । गुम्बागाउँमा तीनदिन अघिदेखि देखिन थालेको रुघाखोकीको संक्रमणबाट हालसम्म १ सय ५९ जना बिरामी परिसकेका छन् ।

गुम्बागाउँमा देखिएको भाइरल ज्वरोको संक्रमण कोरोना भाइरस नभइ इफ्लुएन्जा हुनसक्ने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले बताए ।

‘हाम्रो अनुमान त्यो सिजनल इन्फ्लुएन्जा हो । गाउँपालिकाले कोरोना भाइरसको आशंका गरेपछि त्यहा खटिने स्वास्थ्यकर्मीले कोरोना भाइरस नभएको बताएका छन्,’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले भने, ‘त्यहा उपचारका लागि आएका बिरामीको अवस्था सामान्य छ, भर्ना भएर उपचार गर्नुपर्ने कोहिपनि बिरामी छैनन् ।’

गुम्बागाउँमा रुघाखोकीको बिरामीको संख्या बढ्दै गएपछि हिजो देखिनै पालिका स्तरका स्वास्थ्यकर्मी र बाह्रबिसे प्राथमिक स्वास्थ्यकेन्द्रका चिकित्सकसहितको टोली उपचारमा खटिएको प्रमुख चापागाईँले बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : २१ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय