गुम्बागाउँको भाइरल सङ्क्रमण ‘इफ्लुएन्जा’ हुनसक्ने « Khabarhub

गुम्बागाउँको भाइरल सङ्क्रमण ‘इफ्लुएन्जा’ हुनसक्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेका रुघाखोकीका बिरामीको स्याम्पल परीक्षण गरिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बागाउँमा रुघाखोकीको संक्रमण बढ्दै गएपछि सरकारले उनीहरुको स्याम्पल परीक्षण गर्न लागेको हो ।

गाउँपालिकाले कोरोना भाइरसको आशंका गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपछि इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई बिरामीको स्याम्पल संकलनका लागि प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्रयोगशालाका प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएका छन् ।

‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्राविधिक सहितको टोली बिरामीको स्याम्पल परीक्षण गरेर रुघाखोकी र ज्वरोका कारण पत्ता लगाउन स्याम्पल संकलनका लागि जानुभएको छ,’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले भने, ‘जनस्वास्थ्य प्रयोगशालाको टोलीले केही बिरामीको स्याम्पल संकलन गर्छ, त्यसपछि त्यो रोगको कारणबारे एकिन जानकारी हुन्छ ।’

केही बिरामीको स्याम्पल संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो चरणमा इफ्लुएन्जा परीक्षण गरिने छ । गुम्बागाउँमा तीनदिन अघिदेखि देखिन थालेको रुघाखोकीको संक्रमणबाट हालसम्म १ सय ५९ जना बिरामी परिसकेका छन् ।

गुम्बागाउँमा देखिएको भाइरल ज्वरोको संक्रमण कोरोना भाइरस नभइ इफ्लुएन्जा हुनसक्ने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले बताए ।

‘हाम्रो अनुमान त्यो सिजनल इन्फ्लुएन्जा हो । गाउँपालिकाले कोरोना भाइरसको आशंका गरेपछि त्यहा खटिने स्वास्थ्यकर्मीले कोरोना भाइरस नभएको बताएका छन्,’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँले भने, ‘त्यहा उपचारका लागि आएका बिरामीको अवस्था सामान्य छ, भर्ना भएर उपचार गर्नुपर्ने कोहिपनि बिरामी छैनन् ।’

गुम्बागाउँमा रुघाखोकीको बिरामीको संख्या बढ्दै गएपछि हिजो देखिनै पालिका स्तरका स्वास्थ्यकर्मी र बाह्रबिसे प्राथमिक स्वास्थ्यकेन्द्रका चिकित्सकसहितको टोली उपचारमा खटिएको प्रमुख चापागाईँले बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : २१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने