केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने « Khabarhub

केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आगामी फेब्रुअरी १६ अर्थात् आगामी आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

उनको सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आम आदमी पार्टी दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।

आम आदमी पार्टी दिल्ली विधानसभाका ७० मध्ये ६२ सिटमा विजयी भएको थियो । केन्द्र सरकार चलाइरहेको रहेको भारतीय जनता पार्टीले भने केबल ८ स्थानमा विजय हासिल गरी दोश्रो भएको थियो ।

केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री बन्न लागेका हुन् । केजरीवालको कार्यकाल सन् २०२५ सम्म रहनेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ०८ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको