केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने « Khabarhub

केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आगामी फेब्रुअरी १६ अर्थात् आगामी आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

उनको सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आम आदमी पार्टी दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।

आम आदमी पार्टी दिल्ली विधानसभाका ७० मध्ये ६२ सिटमा विजयी भएको थियो । केन्द्र सरकार चलाइरहेको रहेको भारतीय जनता पार्टीले भने केबल ८ स्थानमा विजय हासिल गरी दोश्रो भएको थियो ।

केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री बन्न लागेका हुन् । केजरीवालको कार्यकाल सन् २०२५ सम्म रहनेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ०८ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्