‘उद्धारका लागि तयार बस्न’ चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश « Khabarhub

‘उद्धारका लागि तयार बस्न’ चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको उहानमा रहेका नेपालीलाई फागुन तीन गते नेपाल फर्काउने तयारी थालिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागनु ३ गते शनिवार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको थियो ।

चीनको बेजिङमा रहेको नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउनका लागि जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीलाई दिएको छ ।

दूतावासले सन्देश पठाउँदै उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

हुबेमा रहेका नेपालीलाई वीच्याटमार्फत तयार रहन सन्देश पठाइएको हो ।

उहानमा रहेका नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै “हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने“ उल्लेख छ ।

हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका थिए ।

उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दियो ।

उद्धार गरेर ल्याइएका नेपालीहरूलाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रसहितका चार स्थानमा चिकित्सकीय निगरानीमा राखिने तयारी गरिएको छ ।

हुबेमा रहेका नेपालीहरूलाई लिन जाने जहाजमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । कोरोना भाइरसबाट बच्ने उपायहरूको तालिम लिएका स्वास्थ्यकर्मी विमानमा हुनेछन् ।

नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज पठाइनेछ ।

नेपालबाट जाने विमानमा चार जना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।

मङ्गलवार सेना, सशस्त्र र जनपथ प्रहरी एवम् स्वास्थ्यकर्मी सम्मिलित ८६ जनलाई सुरक्षित भएर काम गर्ने तालिम दिइएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ३५ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो