सेयर बजारमा सामान्य अंकको सुधार | Khabarhub Khabarhub

सेयर बजारमा सामान्य अंकको सुधार


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौँथो दिन आज बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।

आज सेयर बजार परिसुचक नेप्से ४.६० अंकले बढेर १३४५.९७ बिन्दु कायम भयो भने कारोबार रकम १ अर्ब ५० करोड ९७ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । जसको कारोबार ९ करोड ८९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार ९ करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । निर्जीवन बीमा समूह, अन्य र व्यापार समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ ।

बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ । त्यसैगरी, आज धेरै फाइदा खानेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहेका छन् ।

कम्पनी ९.९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक ४.१० प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ५७ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा