सेयर बजारमा सामान्य अंकको सुधार « Khabarhub

सेयर बजारमा सामान्य अंकको सुधार


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौँथो दिन आज बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।

आज सेयर बजार परिसुचक नेप्से ४.६० अंकले बढेर १३४५.९७ बिन्दु कायम भयो भने कारोबार रकम १ अर्ब ५० करोड ९७ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । जसको कारोबार ९ करोड ८९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार ९ करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । निर्जीवन बीमा समूह, अन्य र व्यापार समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ ।

बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ । त्यसैगरी, आज धेरै फाइदा खानेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहेका छन् ।

कम्पनी ९.९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक ४.१० प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ५७ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार