सिन्धुपाल्चोकमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना, बिरामीको संख्या २ सय बढी « Khabarhub

सिन्धुपाल्चोकमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना, बिरामीको संख्या २ सय बढी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सिन्धुपाल्चोकमा देखिएका बिरामीमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना रहेको जनाएको छ ।

चीन गएका वा चीनबाट अएका मान्छेहरुसँग  बिरामीहरुको कुनै सम्पर्क नभएको हुँदा संचार माध्यममा प्रचार-प्रसार गरिए जस्तो उनीहरुमा नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको महाशाखाले जनाएको हो ।

महाशाखाको टोली आजै  बिरामीहरुको नमुना परीक्षणका प्रभावित क्षेत्रमा पुगेको हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकीबाट हालसम्म दुई सय बढी बिरामी देखिएका छन् । उनीहरुको गुम्वास्थित सामुदाियक स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

उनीहरुलाई अस्पताल नै भर्ना गर्नुपर्ने र अन्यत्र रिफर गर्नुपर्ने अवस्था समेत नरहेको चिकित्सकहरुले जनाएका छन् । बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहित २ जना स्वास्थ्यकर्मी, जुगल गाउपालिकाबाट स्वास्थ्य शाखा प्रमुख अनिल साउद सहित ३ जनाकाो टोली र चौतारा अस्पतालबाट २ जना चिकित्सक र २ जना प्रयोगशाला प्राविधिक गरि ४ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट १ जना प्राविधिक टोली खटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा एकिन गर्नका लागि आवश्यक घाँटीको र्‍यालको नमूना संकलन गर्नका आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामार्फत पठाइएको हो।

बिरामीहरुलाई रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको छ । कोरोनाको लक्षण जस्तै देखिएका बिरामी बढ्न थालेपछि जुगल गाउँपालिकाले मंगलबार जुगल गाउँपालिकाले सम्बन्धित निकायमा पत्राचार समेत गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : २२ बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित