सल्यानमा हातहतियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

सल्यानमा हातहतियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सल्यान–  सल्यानमा हातहतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सल्यानबाट बुटवलतर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ५८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल