तालिबान र अमेरिकाबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने | Khabarhub Khabarhub

तालिबान र अमेरिकाबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबान र अमेरिकाबीच यही फेब्रुअरी महिनाभित्र शान्ति सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगान अधिकारी र पश्चिमा मुलुकका कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले दुई पक्षबीच कतारको राजधानी दोहामा सघन वार्ता भइरहेको र छिटोमा यही महिनाको अन्त्यसम्म शान्ति सम्झौता हुनसक्ने उल्लेख गरेको छ । तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको खण्डमा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती शुरु हुने अपेक्षा गरिएको छ ।

यद्यपि त्यसका लागि शुरुमा तालिबानले अफगानिस्तानमा हिंसालाई ‘अर्थपूर्ण रुपमा’ घटाउनुपर्ने अमेरिकी माग छ । अफगान राष्ट्रपति अशरफ घानीले दुई पक्षबीच दोहामा जारी वार्ताका क्रममा सम्भावित उपलब्धी हासिल भएको उल्लेख गरेको भोलिपल्टै अमेरिका र तालिबानबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने समाचार सार्वजनिक भएको हो ।

यसअघि दोहामा जारी वार्ताका क्रममा अमेरिकाले अफगानिस्तानमा तालिबानले आफ्ना आक्रमणमा कमी ल्याउनुपर्ने माग गरेपछि वार्तामा गतिरोध उत्पन्न भएको तालिबानले आरोप लगाउँदै आएको थियो । सन् २०१८ देखि तालिबानको राजनीतिक धार र अमेरिकाबीच दोहामा वार्ता भइरहेपनि अफगानिस्तानमा जारी हिंसामा भने कमी आएको छैन ।

समाचारमा जनाइएअनुसार वार्तामा सहभागी अमेरिकी पक्ष तालिबानसँगको शान्ति सम्झौताका बुँदाहरुमा सैद्धान्तिक रुपमा सहमत भएपनि तालिबानले कम्तीमा १० दिनसम्म अर्थपूर्ण रुपमा हिंसामा कमी ल्याउनुपर्ने माग गरेको छ । दोहामा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता सुहेल सहिनले वार्तामा प्रगति भइरहेको प्रतिक्रिया दिएपनि विस्तृत रुपमा केही उल्लेख नगरेको रोयटर्सले जनाएको छ ।

सन् २००१ मा आतंककारी समूह अल कायदाले अमेरिकाको विश्वव्यापार केन्द्रको जुम्ल्याहा भवनमा आक्रमण गरेपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी त्यहाँको तालिबान सरकार च्युत गरेको थियो । त्यसयता अफगानिस्तानमा तालिबान र अमेरिकी सेना एवं अमेरिकाको समर्थनप्राप्त सरकारका सेनाबीच युद्ध चलिरहेको छ ।

हाल अफगानिस्तानमा १३ हजार अमेरिकी सैनिक र नेटो गठबन्धनका अरु हजारौं सैनिक तैनाथ छन् । तालिबानसँगको सम्झौतापछि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक सङ्ख्या घटाएर ९ हजारमा सीमित पार्ने लक्ष्य लिएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ०७ बजे

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह

गण्डकी– अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय