तालिबान र अमेरिकाबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने « Khabarhub

तालिबान र अमेरिकाबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबान र अमेरिकाबीच यही फेब्रुअरी महिनाभित्र शान्ति सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगान अधिकारी र पश्चिमा मुलुकका कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले दुई पक्षबीच कतारको राजधानी दोहामा सघन वार्ता भइरहेको र छिटोमा यही महिनाको अन्त्यसम्म शान्ति सम्झौता हुनसक्ने उल्लेख गरेको छ । तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको खण्डमा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती शुरु हुने अपेक्षा गरिएको छ ।

यद्यपि त्यसका लागि शुरुमा तालिबानले अफगानिस्तानमा हिंसालाई ‘अर्थपूर्ण रुपमा’ घटाउनुपर्ने अमेरिकी माग छ । अफगान राष्ट्रपति अशरफ घानीले दुई पक्षबीच दोहामा जारी वार्ताका क्रममा सम्भावित उपलब्धी हासिल भएको उल्लेख गरेको भोलिपल्टै अमेरिका र तालिबानबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने समाचार सार्वजनिक भएको हो ।

यसअघि दोहामा जारी वार्ताका क्रममा अमेरिकाले अफगानिस्तानमा तालिबानले आफ्ना आक्रमणमा कमी ल्याउनुपर्ने माग गरेपछि वार्तामा गतिरोध उत्पन्न भएको तालिबानले आरोप लगाउँदै आएको थियो । सन् २०१८ देखि तालिबानको राजनीतिक धार र अमेरिकाबीच दोहामा वार्ता भइरहेपनि अफगानिस्तानमा जारी हिंसामा भने कमी आएको छैन ।

समाचारमा जनाइएअनुसार वार्तामा सहभागी अमेरिकी पक्ष तालिबानसँगको शान्ति सम्झौताका बुँदाहरुमा सैद्धान्तिक रुपमा सहमत भएपनि तालिबानले कम्तीमा १० दिनसम्म अर्थपूर्ण रुपमा हिंसामा कमी ल्याउनुपर्ने माग गरेको छ । दोहामा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता सुहेल सहिनले वार्तामा प्रगति भइरहेको प्रतिक्रिया दिएपनि विस्तृत रुपमा केही उल्लेख नगरेको रोयटर्सले जनाएको छ ।

सन् २००१ मा आतंककारी समूह अल कायदाले अमेरिकाको विश्वव्यापार केन्द्रको जुम्ल्याहा भवनमा आक्रमण गरेपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी त्यहाँको तालिबान सरकार च्युत गरेको थियो । त्यसयता अफगानिस्तानमा तालिबान र अमेरिकी सेना एवं अमेरिकाको समर्थनप्राप्त सरकारका सेनाबीच युद्ध चलिरहेको छ ।

हाल अफगानिस्तानमा १३ हजार अमेरिकी सैनिक र नेटो गठबन्धनका अरु हजारौं सैनिक तैनाथ छन् । तालिबानसँगको सम्झौतापछि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक सङ्ख्या घटाएर ९ हजारमा सीमित पार्ने लक्ष्य लिएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ०७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना