काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सञ्चालनकाे तयारी « Khabarhub

काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सञ्चालनकाे तयारी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्र भित्र  पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनकाे तयारी थालिएको छ ।

सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग बुधबार यस विषयमा छलफल भएको हो ।

विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि महासंघले सेवा बन्द गरेको थियो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रिकालीन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिए ।

मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।

मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रिकालीन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिए ।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रिकालीन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ४५ बजे

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक