आज कुष्माण्ड नवमी, अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरिँदै « Khabarhub

आज कुष्माण्ड नवमी, अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरिँदै


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज कुष्माण्ड नवमी अर्थात् अक्षय नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल नवमीका दिन मनाइने यस पर्वलाई अमला नवमी र धातृ नवमी पनि भनिन्छ ।

धार्मिक मान्यताअनुसार आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको वृक्षमा निवास गर्छन्। त्यसैले आज अमलाको बोटसँगै भगवान् विष्णुको विशेष पूजा आराधना गर्ने परम्परा छ ।

धर्मशास्त्रअनुसार यस दिन अमलाको वृक्षको पूजा गरी अन्नलगायत वस्तु दान गर्दा अक्षय फल प्राप्त हुने विश्वास गरिन्छ । साथै अमला र पीपलको विवाह गरिदिँदा पुण्य प्राप्त हुने र त्यसको फल जन्मान्तरसम्म कायम रहने धार्मिक जनविश्वास छ ।

पद्मपुराणमा उल्लेख भएअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गर्नुभएको धार्मिक कथन छ । उक्त दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएकाले यस दिन कुभिन्डो दान गर्ने परम्परा रहेको मानिन्छ ।

यस दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा तथा तामाको भाँडोमा तिल राखेर दान गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १० : ३३ बजे

आज कुष्माण्ड नवमी, अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरिँदै

काठमाडौँ– आज कुष्माण्ड नवमी अर्थात् अक्षय नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २०

पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना