यी सात खानेकुरा जसले घटाउँछ रोगप्रतिरोधात्मक क्षमता « Khabarhub

यी सात खानेकुरा जसले घटाउँछ रोगप्रतिरोधात्मक क्षमता


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युवाअवस्था मानिस परिवक्व हुने अवस्था हो । यो समयमा खानपानदेखि सबै कुराको व्यवस्थापन गर्न जरुरी छ । जसले पौढ जीवन सुखद हुन्छ ।

पौढ उमेर शुरु भएसंगै मानिसमा बिभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्न थाल्दछन् ।

विशेष गरी खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि कमी आउँछ ।

त्यसैले ३० बर्ष उमेर पार गर्नेहरुले सही तथा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ । यस उमेरमा निम्न कुरालाई सकेसम्म बार्नु राम्रो मानिन्छ ।

१. मैदा
३० बर्ष माथिका मानिसले सकेसम्म मम, चाउमिन लगायत मैदाबाट बनेको परिकार खानु हुदैन । मैदालाई शरीरले ग्लूकोजमा परिणत गर्ने भएकाले फ्याटको रुपमा संग्रहीत हुनजान्छ । विस्तारै पच्ने र लामो समयसम्म पेट भरिएको महसुस गराउँन आटा खानु राम्रो हुन्छ ।

२. नुन
शरीरका लागी नुन आवश्यक छ । तर ३० वर्ष उमेर कटेकाहरुले अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुदैन । शरीरमा सजिलै घुल्ने भएकाले नुनले शरीर फुलाउने र सुन्निने बनाई शरीर बुढो देखाउँछ । साथै यसले उच्च रत्तचाप तथा स्ट्रोक हुने खतरा हुन्छ ।

३. क्याफिन
कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनले अनिन्द्राको समस्या निम्त्याउँछ । साथै क्याफिनको अत्याधिक सेवनले बुढ्यौलीपना पनि निम्तिन्छ । मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्त्याई तौल समेत बढाउँछ ।

४. कृत्रिम गुलियो
बजारमा बिभिन्न प्रकारका कृत्रिम गुलियोका उत्पादनहरु पाइन्छ । यस्ता गुलियोले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो लाग्ने समस्या निम्त्याउँछ । जसले ३० बर्ष माथिका मानिसको शरीरमा टाइप २ मधुमेह, कार्डियोभास्कुल लगायतको रोग लगाउन सक्छ ।

५. चिनी
कृत्रिम गुलियोले मात्र होइन, चिनिले पनि यो उमेरका मानिसमा हानिकारक पुर्याउन सक्छ । अत्याधिक मात्रामा चिनीको सेवन गर्दा हिप तथा पेट लगायतका अंगमा बोसो लाग्दछ । यसले बाँझोपना, अनुहारको चाउरीपना लगायतको स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

६. रेडिमेड खाना
३० बर्ष उमेर कटेका तथा घर वा कोठामा पकाउन अल्छि मान्नेहरुका लागी रेडिमेड खाना राम्रो विकल्प हो । तर यस्ता खानामा नुन, चिनी तथा फ्याटको मात्रा बढि हुने भएकाले यो शरीरका लागी भने हानिकारक हुन्छ । त्यसैले रेडिमेड खाना नखानु राम्रो हुन्छ ।

७. क्यान
यस उमेरका मानिसले क्यान बन्द पेय तथा खाद्य सामाग्रीको प्रयोग गर्दछन् । तर क्यानमा राखिएको खानेकुरामा विपिए (प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए) को मात्रा धेरै हुन्छ, जसले बिभिन्न स्वास्थ्य समस्या निम्त्याउँने गर्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ७ : ५८ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री