कोरोनाभाइरसः १ सय २३ देशमा संक्रमण, मृतकको संख्या ४६ सय नाघ्यो « Khabarhub

कोरोनाभाइरसः १ सय २३ देशमा संक्रमण, मृतकको संख्या ४६ सय नाघ्यो

डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।

अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी

१ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएपछि कोरोनाभाइरसको संक्रमणलाई विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ । उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ७ : १३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको