युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध « Khabarhub

युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

एक टेलिभिजन सम्बोधन मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ ।

अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् ।  यसअघि एक ट्विटमार्फत ट्रम्पले कोरोना भाइरसको चुनौतीसँग लड्न तयार रहेको बताएका थिए ।

अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : २६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर