कोरोना भाइरसको संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् ।

विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्रमण फैलनु भन्दा पूर्व नै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘संसद अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुर्पयो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु, यातायात रोकेका छन् हामीले चलाइरहेका छौं ।’

कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै सावधानी आउनुपर्ने बताए ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन् । उनले पूर्व तयारी गर्नुपर्नेमा नेपालमा भाषण मात्र भइरहेको बताइन् ।

’अरु देश पूर्वतयारीमा लागेका छन्। हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेका छन्,’ उनले भनिन्।

सांसद रामबहादुर विष्टले कोरोनाको त्रास फैलिएसँगै बजारमा मास्क, स्यानेटाइजर लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि भएको भन्दै सरकार गम्भीर बन्नु पर्ने बताए ।

संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् ।

‘अमेरिकाले युरोपमा लण्डनबाहेकका फ्लाइटलाई रद्द गरिसकेको अवस्था छ, भारतले पनि आजसम्म बाहिर रहेका भारतीयहरु आउन पाउने भोलिदेखि आए क्वारेन्टाइन १४ दिन बस्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्था छ सभामुख महोदय,’ उनले भनिन् ‘नेपालमा जनता कोरोनाभाइरसको त्रासबाट आक्रान्त छन् तर स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन आफैं आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाइनमा आफैं बस्नुपर्छ भन्ने सन्देश बाहिर प्रवाह गरेर जनतालाई अझै बढि त्रसित गरेको हामिले अनुभुत गरेका छौं । सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसका जवाफ चाहान्छौ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : ३५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील