कोरोना भाइरस महामारी घोषित भएपछि के परिवर्तन आउँछ ? « Khabarhub

कोरोना भाइरस महामारी घोषित भएपछि के परिवर्तन आउँछ ?


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई पेनडेमिक अर्थात महामारी घोषित गरेको छ ।

यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन ।

महामारी त्यसखालको बिरामीलाई भनिन्छ जो एकै समयमा विश्वको अलग अलग देशमा मानिसहरुमा फैलिरहेको हुन्छ ।

डब्ल्यूएचओ का प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले भने कि अब उनी कोरोना भाइरसलाई लिएर माहामारी शब्दको प्रयोग गरिरहेका छन् किनकी भाइरसलाई लिएर भइरहेको निष्क्रियता चिन्ताजनक छ ।

यो परिभाषा मात्र त्यस खालका संक्रमणकारी बिरामीका लागि प्रयोग गरिने गरिएको छ जो निकै तिब्र रुपमा कयौं देशमा एक साथ मानिसहरुको सम्पर्कको बीचमा फैलन्छ ।

यस अघि साल २००९ मा स्वाइन फ्लूलाई महामारी घोषित गरिएको थियो ।

विशेषज्ञहरुका अनुसार स्वाइन फ्लू को कारण कयौं लाख मानिस मारिएका थिए ।

महामारी हुने अधिक संभावना तब हुन्छ जब भाइरस बिलकुल नयाँ हुन्छ । सजिलै मानिस संक्रमित भइरहेका हुन्छन् र मानिसहरुबीच सम्पर्कबाट प्रभावित र निरन्तर फैलिरहेको हुन्छ ।

कोरोना भाइरसले यी सबै कुराहरुलाई पूरा गरेको छ ।

अहिले सम्म कोरोना भाइरसको कुनै उपचार या औषधि छैन । भाइसर विस्तार रोक्नु नै सबै भन्दा ठूलो विषय बनेको छ ।

फेब्रुवरीको अन्तिममा डा टेडरोजले भनेका थिए कि कोरोना भाइरसमा महामारी बन्ने क्षमता छ तर अहिले यो महामारी होइन किनकी हामीले विश्वभर यसको अनियन्त्रित विस्तार देखिरहेका छैनौं ।

तर अब ति देशहरुको संख्या बढिरहेको जसमा कोरोनाको मामला सार्वजनिक भएको छ ।

ताजा आकडा अनुसार ११४ देशमा अहिलेसम्म १ लाख १८ हजार मामला आएका छन् ।

तर भाइरसको बारेमा भाषा या परिभाषालाई बदल्नुबाट भाइरस कति फैलिरहेको छ भन्ने कुरामा असर पर्दैन ।

तर डब्ल्यूएचओलाई लाग्छ कि अब देशहरु यसलाई लिएर थप गम्भीर हुनेछन् ।

डा टेडरोजले भने, “केही देश क्षमताको कमीसँग जुधिरहेका छन्, केही संशाधनको कमीसँग जुधिरहेका छन् र केही देश इच्छाशक्ति को कमीसँग जुधिरहेका छन् ।’

उनले भने, डब्ल्यूएचओ चाहन्छ कि सबै देश कोरोना विरुद्धको कमद उठाउन् ।

आपातकालीन प्रतिक्रियातन्त्रलाई लागू गरियोस् र यसको क्षमता बढाइयोस् । मानिसहरुलाई यसको खतरा र वचाउको बारेमा बताइयोस् डब्ल्यूएचआले भनेको छ ।

उसले भनेको छ,‘कोरोना भाइरस संक्रमणका हरेर मामलाको खोजि परीक्षण, उपचार र सम्पर्कमा आएका सबै मानिसको पहिचान गरियोस् ।’

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ०९ बजे

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको

जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह

टोकियो– जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा