यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति « Khabarhub

यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ ।

कोरोनाको संक्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ ।

एक लाख २६ हजार बढी संक्रमित छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन । तर वैज्ञानिकद्धारा कोरोना संक्रमणमा एक सफलता भने प्राप्त गरेका छन् ।

कोरोना भाइरस विरुद्धको लडाइँमा वैज्ञानिकले पाएको सफलता भनेका कोरोना भाइरसको वास्तविक तस्वीर अर्थात रियल फेस पत्ता लागेको छ । चीनको सेनझेन थर्ड अस्पतालले कोरोना भाइरसको असली अनुहार सार्वजनिक गरेको हो ।

अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरि बाहिर ल्याइएको छ ।

हालसम्म कोरोना भाइरसको नाममा प्रयोग हुँदै आएका अन्य तस्वीर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर हो । कोरोना भाइरसको वास्तविक तस्वीर पत्ता लागेसंगै यो भाइरसको उपचार पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : १५ बजे

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको