डेढ करोड रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ « Khabarhub

डेढ करोड रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली गर्दै आएका थिए ।

उनिहरुले बैंकमा जम्मा नगरी  एक करोड ६१ लाख ७६ हजार आठ सय ६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ४७ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता