प्राइम र कैलाश बैंक बीचको एकीकृत कारोबार सुरु « Khabarhub

प्राइम र कैलाश बैंक बीचको एकीकृत कारोबार सुरु


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर आज विहिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आज आयोजित विशेष कार्यक्रममा एकीकृत कारोबारको सुरु गरिएको हो ।

कैलाशलाई प्राप्ति गरेपछि नाम प्राइम कमर्सिलय नै रहने र केन्द्रीय कार्यालय पनि प्राइमकै केन्द्रीय कार्यालय रहेको कमलपोखरीमा हुनेछ ।

बैंकको अध्यक्षमा प्राइम बैंकका राजेन्द्रदास श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने छन् । उक्त अवसरमा आयोजित कार्यक्रममा अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका श्रेष्ठले बताए ।

प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ। यो पुँजी प्राइम बैंकको पुँजीमा जोडिने छ ।

बोनस सेयरपछि कायम हुने प्राइमको पुँजीमा स्वाप रेसियो पछिको पुँजी जोडिँदा १३ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ।

प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रूपैयाँ छ भने कैलाशको ३ अर्ब २० करोड रूपैयाँ छ। मर्जरपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रूपैयाँ पुग्नेछ।

कैलाश विकास बैंकको हाल उपत्यकाभित्र २५ वटा र उपत्यका बाहिर ७६ वटासहित १०१ वटा शाखा कार्यालय छन्। त्यस्तै प्राइमको उपत्यका भित्र २४ वटा शाखा र उपत्यका बाहिर ७५ वटा सहित ९९ वटा शाखा कार्यालय छन्।

नेटवर्कका हिसाबले प्राइमले आफ्नोभन्दा ठूलो सञ्जाल भएको बैंकलाई प्राप्ति गर्ने भएको हो। प्राप्तिपछि प्राइमको नेटवर्क २०० वटा पुग्नेछ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ५७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००