प्राइम र कैलाश बैंक बीचको एकीकृत कारोबार सुरु | Khabarhub Khabarhub

प्राइम र कैलाश बैंक बीचको एकीकृत कारोबार सुरु


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर आज विहिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आज आयोजित विशेष कार्यक्रममा एकीकृत कारोबारको सुरु गरिएको हो ।

कैलाशलाई प्राप्ति गरेपछि नाम प्राइम कमर्सिलय नै रहने र केन्द्रीय कार्यालय पनि प्राइमकै केन्द्रीय कार्यालय रहेको कमलपोखरीमा हुनेछ ।

बैंकको अध्यक्षमा प्राइम बैंकका राजेन्द्रदास श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने छन् । उक्त अवसरमा आयोजित कार्यक्रममा अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका श्रेष्ठले बताए ।

प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ। यो पुँजी प्राइम बैंकको पुँजीमा जोडिने छ ।

बोनस सेयरपछि कायम हुने प्राइमको पुँजीमा स्वाप रेसियो पछिको पुँजी जोडिँदा १३ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ।

प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रूपैयाँ छ भने कैलाशको ३ अर्ब २० करोड रूपैयाँ छ। मर्जरपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रूपैयाँ पुग्नेछ।

कैलाश विकास बैंकको हाल उपत्यकाभित्र २५ वटा र उपत्यका बाहिर ७६ वटासहित १०१ वटा शाखा कार्यालय छन्। त्यस्तै प्राइमको उपत्यका भित्र २४ वटा शाखा र उपत्यका बाहिर ७५ वटा सहित ९९ वटा शाखा कार्यालय छन्।

नेटवर्कका हिसाबले प्राइमले आफ्नोभन्दा ठूलो सञ्जाल भएको बैंकलाई प्राप्ति गर्ने भएको हो। प्राप्तिपछि प्राइमको नेटवर्क २०० वटा पुग्नेछ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ५७ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको