शेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । बिहीबार भने  नेप्से परिसूचक झण्डै ४६ अङ्कले घटेको छ ।

नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बीमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ ।

कारोबारका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोबार भएको छ । यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नवील बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा बिहीबार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एविएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल व्यालेन्स फण्ड १.९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले १.७० प्रतिशतले कमाएका छन् ।

त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका शेयरधनीले ७.१४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : २५ बजे

कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

चितवन– चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

बागमती– जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर