राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित « Khabarhub

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित गरिएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा चैत ९ गते पारस्परिक भ्रमणका लागि ढाका जाने कार्यक्रम तय भएको थियो । तर, पछिल्लो समय विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण बंगलादेशमा समेत बढ्दै गएपछि राष्ट्रपति भण्डारीले भ्रमण स्थगित गरेकी हुन् ।

बंगलादेशका संस्थापक नेता (राष्ट्रपिता) मानिने शेख मुजिबुर रहमानको १०० औं जन्मजयन्तिको अवसर पारेर आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । राष्ट्रपति भण्डारीले त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै