तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो « Khabarhub

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी सवारी सञ्चालनमा आएका छन् । लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि उकालोमा गाडी चढ्न नसक्दा यो खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो ।

इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार शुक्रबार साँझदेखि सडकको अवस्था नसुध्रिएको हो । पश्चिमबाट आउने सवारी साधन बर्दघाट र पूर्वबाट जाने सवारी दुम्किवासमै रोकिएका थिए । विशेषगरी दाउन्नेको मोड र घ्यू खोला क्षेत्रमा सडक बढी जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाका अनुसार आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन चल्न थालेका छन्। शुक्रबारदेखि रोकिएका ठूला मालवाहक सवारी साधन र बस आइतबार बिहानदेखि छुट्न थालेपछि सडकमा करिब ७ किलोमिटरसम्म लामो जाम लागेको छ । पश्चिम जाने सवारी कावासोतीको जंगल क्षेत्र र पूर्व आउने सवारी बर्दघाटसम्म लामबद्ध छन् ।

नारायणघाट–बुटवल सडक विस्तारअन्तर्गत अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब ३–४ किलोमिटर खण्ड अझै ढलान हुन सकेको छैन । सोही खण्डका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ३६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।