धनुषाबाट अपहरणमा परेकी किशोरीको उदयपुरबाट उद्धार, १३ जना अपहरणकारी पक्राउ « Khabarhub

धनुषाबाट अपहरणमा परेकी किशोरीको उदयपुरबाट उद्धार, १३ जना अपहरणकारी पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषाबाट अपहरणमा परेकी एक किशोरीको उदयपुरको कटारीबाट सकुशल उद्धार गरिएको छ ।

धनुषा घर भएकी १५ वर्षीया करिना मोक्तानको बुधबार दिउँसो ३ बजेतिर अपहरण भएको थियो । अपहरणको सूचनालगत्तै परिचालन भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिनालाई उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने कालीखोलाबाट उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न ८ जना पुरुष र ५ जना महिला गरी १३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठका अनुसार अपहरणकारीको साथबाट हातहतियार समेत बरामद भएको छ ।

श्रेष्ठका अनुसार अपहरणकारीको साथबाट चाइनिज पेस्तोल ३ थान तथा त्यसमा लाग्ने गोली ९ राउण्ड, ११ थान ह्यान्ड ग्रिनेट (बम) र १ थान प्रेसर कुकर बम बरामद भएको छ ।

उदरपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सकुशल उद्धार गरिएकी किशोरीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी घर फर्काउने प्रक्रिया शुरु गरिएको बताए ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धनुषाबाट अपहरणमा परेकी किशोरीको कटारीमा उद्धार गरेको छ,’ उदयपुरका सहायक प्रजिअ भट्टराईले खबरहबसँग भने, ‘अहिले उद्धार गरिएकी किशोरीलाई घर फर्काउने प्रक्रिया शुरु गरिएको छ ।’

सहायक प्रजिअ भट्टराईका अनुसार अपहरणमा संलग्नहरु प्रतिबन्धित समूह (विप्लव समूह)का सदस्य भएको आशंकामा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रहरीले बिहीबार दिउँसो मात्रै विप्लव समूहका उदयपुर जिल्ला सेक्रेटरी जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : ३३ बजे

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित