कोरोना रोकथामका लागि नेपाललाई विश्व बैंकको साढे ३ अर्ब अनुदान « Khabarhub

कोरोना रोकथामका लागि नेपाललाई विश्व बैंकको साढे ३ अर्ब अनुदान


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि  २९ मिलियन अमेरिकन डलर (करिब साढे ३ अर्ब रुपैयाँ) अनुदान सहयोग दिएको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। जस अनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।

मंगलबार हस्ताक्षर भएको सम्झौताको रकम नेपालले कसरी खर्चिन्छ भन्नेबारे मन्त्रालयले छलफल गर्ने जनाएको छ ।

विश्व बैंकको सहयोगपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक बसेको थियो ।

उक्त बैठकमा विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरूको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ ।

नेपाल सरकारको कोरोना नियन्त्रणको योजनाबारे पनि विश्व बैकले चासो राखेको मन्त्रालयले जनायो ।

विश्वमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै गत साता सहयोग गर्ने घोषणा गरेको थियो।

घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग हुने छ । नेपाललाई भने विश्व बैंकले अनुदान सहयोग गरेको हो।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : ५४ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका