प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख, पत्नी राधिकाले भेटिन् « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख, पत्नी राधिकाले भेटिन्


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ९ दिन पुगेको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणहरु नियमित भइरहेको र परीक्षणका नतिजारु सामान्य र सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाका अनुसार प्रधानमन्त्री ओलीले नियमित आहार पनि खाइरहेका छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई  आज पत्नि राधिका शाक्यले पनि भेटेको बताए । उनले सामाजिक सञ्जाल ट्वीटर लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नुभयो।’

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेका चिकित्सकहरुले प्रधानमन्त्री ओली प्रत्यारोपणको एक सातामै डिस्चार्ज हुने भने पनि प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा भने कुनै जानकारी दिइएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : ५९ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने