पोखरामा कोरोना संक्रमित चिनियाँ कामदारको सूचना लुकाइएको भन्दै सांसदले मागे जवाफ « Khabarhub

पोखरामा कोरोना संक्रमित चिनियाँ कामदारको सूचना लुकाइएको भन्दै सांसदले मागे जवाफ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका सांसद प्रदीप यादवले पोखरा विमानस्थलमा कार्यरत चिनियाँ कामदारमाथि कोरोना भाइरस संक्रमणको सूचना आएको भन्दै सरकारसँग वास्तविक जवाफ माग गरेका छन् ।

उनले पोखरामा चिनियाँ कामदारहरु कोरोना भाइरसबाट संक्रमित भएको भन्ने गम्भीर सूचना आफूले पाएको बताउँदै सरकारसँग सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै यादवले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारमा कोरोना संक्रमण भएको सूचना सरकारले लुकाएको आरोप लगाउँदै वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।

सांसद यादवले,‘सरकारले सूचना लुकाइरहेको छ, म एउटा गम्भीर सुचना दिन चाहन्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कामदारलाई कोरोनाको संक्रमण भएको सूचना आएको छ, त्यो के हो ?’

उनले ७-८ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएपछि त्यहाँ कार्यरत केही नेपाली कामदारले डरले राजीनामा दिएर घरमा बसिरहेको समेत दाबी गरेका छन् ।

उनले नेपाली कामदारहरु त्रासले काममा फर्किन नमान्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

यो पनि पढौं

निर्माणाधीन पोखरा विमास्थलमा कार्यरत चिनियाँ मजदुर बिरामी परेपछि काम प्रभावित

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित