गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप « Khabarhub

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।

नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए । यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो ।

प्रतिष्ठानले रु एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । “सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शय्या सञ्चालन गरेका छौँ । थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,” निर्देशक पोखरेलले भने ।

गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ३ : ४० बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६