भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७४ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् ।

भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १८, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र  उत्तरप्रदेशमा ११ जना सङ्क्रमित भेटिएका छन्।

त्यस्तै राजस्थानमा तीन, तेलङ्गानामा एक, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू–कश्मीरमा एक, पञ्जाबमा एक र कर्नाटकमा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै भिसा निलम्बन गरेको छ ।

स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञाबाहेकका अरु सबै प्रवेशाज्ञा आउँदो वैशाख ३ गतेसम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रोकिएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुनेछ । कोरोना संक्रमितमध्ये ४ जना निको भएर घर फर्किएको भारत सरकारले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ४५ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा