विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार « Khabarhub

विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १६६ नियुक्त जना गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी ३ जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, ३ जना हाडजोर्नी विशेषज्ञ, ५ जना कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट, कन्सल्टेन्ट जनरल फिजिसियन ४, कन्सल्टेन्ट डर्माटोलोजिष्ट १, कन्सल्टेन्ट पिडीयाट्रिसियन १, कन्सल्टेन्ट प्याथोलोजिष्ट २, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट १, कन्सल्टेन्ट रेडियोलोजिष्ट १, कन्सलटेन्ट सर्जन ५, कन्सल्टेन्ट साइक्याट्रिक ५, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक २–२ र नर्सिङ प्रशासक १ जनाको विज्ञापन प्रकाशन गरेको छ ।

त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक २, आयुर्वेद चिकित्सक ३ जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत २–२, मेडिकल ल्याब टेक्नोलोजिष्ट ६, कनिष्ठ नर्सिङ अधिकृत ३, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर १ जना माग गरिएको छ ।

त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिष्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटीसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर