बङ्गलादेश संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी « Khabarhub

बङ्गलादेश संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश- बङ्गलादेशका स्वतन्त्रता नायकसमेत रहेका संस्थापक राष्ट्रपतिको सन् १९७५मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ । उनलाई मङ्गलवार गिरफ्तार गरिएको थियो।

शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका उनी २५ वर्षदेखि फरार थिए ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान उनका परिवारका धेरैजसो सदस्यहरूसहित सन् १९७५ को सैन्य कूमा मारिएका थिए।

बाङ्लादेश पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै उनको हत्या भएको थियो।

मजिद कू पछि पनि देशभित्रै बसेका थिए। उनी शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो।

बाङ्लादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : २९ बजे

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो