बङ्गलादेश संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी | Khabarhub Khabarhub

बङ्गलादेश संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश- बङ्गलादेशका स्वतन्त्रता नायकसमेत रहेका संस्थापक राष्ट्रपतिको सन् १९७५मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ । उनलाई मङ्गलवार गिरफ्तार गरिएको थियो।

शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका उनी २५ वर्षदेखि फरार थिए ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान उनका परिवारका धेरैजसो सदस्यहरूसहित सन् १९७५ को सैन्य कूमा मारिएका थिए।

बाङ्लादेश पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै उनको हत्या भएको थियो।

मजिद कू पछि पनि देशभित्रै बसेका थिए। उनी शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो।

बाङ्लादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : २९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना