कोरोना संक्रमणको आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालको आइसोलसेनबाट फरार « Khabarhub

कोरोना संक्रमणको आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालको आइसोलसेनबाट फरार


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमगरढी– कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् ।

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया महिला र १९ वर्षीय किशोर गरी २ जना शनिबार अपराह्न भागेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. जगदिशचन्द्र विष्टका अनुसार अस्पतालबाट भाग्नेमा उनीहरु चैत २६ गते कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलसन वार्डमा भर्ना भएका थिए ।

दुवै जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । अस्पतालले २६ गते नै दुवै जनाको स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट भने आइसकेको छैन ।

भागेश्वर गाउँपालिका–३ नानीगडा घर भएका उनीहरु आमा–छोरा भएका जनाइएको छ । छोरा केही दिन अगाडि मात्रै भारतबाट आएका थिए ।

अस्पतालबाट भागेका दुवै जनाको खोजीमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक दधिराम न्यौपानेले दुवै जनाको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

यस्तै, गाउँपालिकाले पनि उनीहरुको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टले उनीहरु घरमा आएको हुन सक्ने भनेर बिहानैदेखि घर तथा वरपरको गाउँमा खोजी गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : ३१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल