कोरोना भाइरसका कारण रिलिज हुन पाएनन् बलिउड बिग बजेटका फिल्म « Khabarhub

कोरोना भाइरसका कारण रिलिज हुन पाएनन् बलिउड बिग बजेटका फिल्म


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोभिड–१९ का कारण भारतको सिनेमा उद्योग पूरै ठप्प छ । कुनै फिल्म छायांकन भइरहेका छैनन् भने कार्यक्रम पनि स्थगित गरिएका छन् ।

गत महिनासम्म बलिउडका दर्शक रोहित सेट्टीको सुपरकप युनिभर्सको फिल्म ‘सूर्यवंशी’ लाई लिएर प्रतीक्षित थिए ।

यो फिल्मले बक्स अफिसमा पनि गज्जबको व्यापार गर्ने अनुमान गरिएको थियो । फिल्म भारतमा विदाको दिन पारेर रिलिज हुने घोषणा गरिएको थियो ।

तर, कोरोनाभाइरसका कारण भारतमा २१ दिने लकडाउन गरियो । अब यो लकडाउन पुनः लम्बिने भएको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को रिलिज मिति स्थगित गरिएको थियो । यो मात्र होइन, रणवीर सिंहको फिल्म ‘८३’ को प्रदर्शन मिति पनि स्थगित गरियो ।

रणवीर सिंह र दीपिका कपूर स्टारर यो फिल्म अप्रिल १० मा रिलिज हुने क्रममा थियो ।

फिल्मका निर्देशकले भनेका थिए – पूरै पृथ्वीका मान्छे घरमा बसिरहेका छन्, उनीहरुलाई फिल्म हेर्ने काम कम महत्त्व लाग्न सक्छ ।

यस्तै कंगना रनावतको फिल्म ‘थलाइवी’ को छायांकन स्थगित गर्नुपर्ने अवस्था आयो । कंगना शूटिङका लागि तमिल नाडुमा थिइन् । ४५ जनाभन्दा बढी जम्मा हुन नदिएपछि उनीहरुले शूटिङ स्थगित गरेर मुम्बई फर्किएका थिए ।

दीपिका पादुकोण नयाँ फिल्म छायांकनका लागि श्रीलंका जाने योजनामा थिइन् । धन्न पहिले नै लकडाउन भयो ।

यतिबेला बलिउडकर्मीसँग प्रशस्त समय छ । उनीहरु सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिएका छन् ।

धेरै सेलिब्रेटीले घरमा काम गरेको भिडियो पनि सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेका छन् । हालै सलमान खानले भिडियो शेयर गर्दै भनेका थिए – जो डरायो, उसैले बाँच्यो र बचायो ।

उनले कोरोना भाइरसबाट बच्न घरभित्र बस्न समेत अनुरोध गरेका छन् ।

करण जोहरको फिल्म ‘तख्त’ को पनि शूटिङ शुरु हुने योजना थियो । कोरोना भाइरसका यो योजना पछि स–यो ।

बलिउडका ठूला निर्माण कम्पनीसँग कैयन् फिल्म प्रदर्शनका लागि तयार छन् । तर, ती फिल्म लकडाउनका कारण रोकिएका छन् ।

अर्कातिर बलिउड सेलिब्रेटीहरु लकडाउनको मारमा परेका मजदुरको सहयोगमा पनि जुटेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ५९ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ