कोरोनाभाइरसका कारण १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ६ सय ६५ जना संक्रमित « Khabarhub

कोरोनाभाइरसका कारण १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ६ सय ६५ जना संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।

शनिवार साँझसम्म १४ जनाले ज्यान गुमाएको एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण प्रभावित बनेका नेपालीको अवस्था बुझ्न गैर आवासीय नेपाली संघले उच्चस्तरीय समिति गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोनाका कारण सबैभन्दा धेरै नेपालीले बेलायतमा ज्यान गुमाएका छन् भने दोस्रोमा अमेरिका रहेको छ ।

बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको प्रेस संयोजक शर्माले जनाए ।
त्यस्तै ६ सय ६५ जना गैरआवासीय नेपाली कोरोना संक्रमणबाट पीडित रहेका छन् ।

स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

समितिले विदेस्थित नेपाली राजदूतावास, एनआरएनएका विभिन्न समितिहरुको समन्वयमा तथ्यांक संकलन गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ३६ बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी