स्वास्थ सामग्री खरिदमा भएको अनियमितता छानविन गर : ट्रान्सपरेन्सी « Khabarhub

स्वास्थ सामग्री खरिदमा भएको अनियमितता छानविन गर : ट्रान्सपरेन्सी


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआइ)नेपालले सरकारले हालासै गरेको स्वास्थ्य सामग्री खरिद प्रकृयाबारे छानवीन गर्न माग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुको खरिद प्रकरणमा राष्ट्रघाती कमिसनखोरहरुसँग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको सञ्चारमाध्यम नागरिक समाजले उजागर गरेको र यस खरिद प्रकरणमा गलत नियत थियो भन्ने कुराको पुष्ट्याई सरकारको सोसम्बन्धी पछिल्लो निर्णयले नै गरेको ट्रान्सपरेन्सीले जनाएको छ ।

सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने भएपनि कहिले नीतिगत निर्णय त कहिले सरकारसरकारबीच खरिदका नाममा पटकपटक विचौलिया एवं दलालसँगको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन भएको टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनियमितताको बारेमा सञ्चारमाध्यम एव नागरिक तहबाट बराबर सचेत गरारहँदा पनि सरकारले उनीहरुको आवाजको उपेक्षा गरेको मात्र होइन उनीहरुलाई सरकारी विरोधीको रुपमा चित्रित गर्ने गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : ३२ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको