काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा देश अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलने त्रासले मानिसहरु घर भित्रै बसिरहेका छन् । तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको साज सञ्जाको काम भने जारी नै रहेको छ ।
शनिबार बेलुका रंगशालामा पहिलो चरणको घाँस काट्ने काम भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
घाँस काटेर पानी हालिसकेपछि मैदान निकै आकर्षक देखिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रंगशालामा खेल भएको थियो । साग लगत्तै सहिद स्मारक ए डिभिजन लिग रंगशालामै भएको थियो ।
ए डिभिजन लिग पछि यहिँ महिना फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ संयुक्त छनोट अन्तरगत चाइनिज ताइपेइ र अस्ट्रेलियासँगको नेपालको ‘होम गेम’ हुनेतय भएको थियो ।
उक्त खेलमा लागि रंगशाला मर्मतको काम फागुन पहिलो सातादेखि सुरु भएको थियोे । तर, कोरोना भाइरसका कारण स्थगित भएपछि नेपालले अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने अवसर तत्कालका लागि गुमाइसकेको छ ।
‘लकडाउनले गर्दा रंगशालाको काम ममर्तको रोकिएको थियो । लामो समय पानी नपाएपछि मैदानको घाँस सुक्न थालेको थियो । तर, शनिबार बेलुका मैदानमा पानी पनि हालिएको छ र पहिलो चरणको घाँस पनि काटिएको छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
अध्यक्ष शेपाले अब रंगशालाको काम नियमित हुने बताएका छ ।
लकडाउनको बेल कोरोना भाइरसले देशमा भयाबह अवस्था शृजना गरे राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) र एन्फाले रंगशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सक्ने यसअघि नै बताइसकेका छन् ।
प्रतिक्रिया