लकडाउनका कारण करोडौंको केरा बारीमै सड्दै | Khabarhub Khabarhub

लकडाउनका कारण करोडौंको केरा बारीमै सड्दै


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।

आफूहरुको करोडौं मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरुको गुनासो छ । ‘केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ,’ कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भन्नुहुन्छ, ‘हामी त घाटामा गर्यौं, दैनिक लाखौंको केरा खेर गइरहेको छ ।’

शाहले अहिलेसम्म करीब रु ३० लाखको केरा नोक्सान भइसकेको बताए । ‘अझै कति दिन लकडाउन हुन्छ थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले,’ शाहले भने, ‘यो आउँदो वर्षका लागि तयार हुँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’

असी बिघामा केरा खेती गरेका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ । उनी केरा व्यवसायीको उत्पादन सहज बजारसम्म पुग्ने व्यवस्था गराउन सरकारसँग माग गर्छन् ।

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले ११ लाख बराबरको केरा खेर जाने अवस्था आएको बताए । तेह्र बिघामा व्यावसायिक रुपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक ३ सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् ।

‘बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु,’ चौधरी भन्छन्, ‘उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्व नै समस्यामा छ ।’

अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुँवर पनि करीब २७ लाख बराबरको केरा कुहिएर खेर गएको बताउँछन् । ‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ,’ कुँवर भन्छन्, ‘हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ ।’

कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ०० बजे

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा आगमी बुधबार

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५