लकडाउनका कारण करोडौंको केरा बारीमै सड्दै « Khabarhub

लकडाउनका कारण करोडौंको केरा बारीमै सड्दै


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।

आफूहरुको करोडौं मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरुको गुनासो छ । ‘केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ,’ कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भन्नुहुन्छ, ‘हामी त घाटामा गर्यौं, दैनिक लाखौंको केरा खेर गइरहेको छ ।’

शाहले अहिलेसम्म करीब रु ३० लाखको केरा नोक्सान भइसकेको बताए । ‘अझै कति दिन लकडाउन हुन्छ थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले,’ शाहले भने, ‘यो आउँदो वर्षका लागि तयार हुँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’

असी बिघामा केरा खेती गरेका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ । उनी केरा व्यवसायीको उत्पादन सहज बजारसम्म पुग्ने व्यवस्था गराउन सरकारसँग माग गर्छन् ।

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले ११ लाख बराबरको केरा खेर जाने अवस्था आएको बताए । तेह्र बिघामा व्यावसायिक रुपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक ३ सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् ।

‘बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु,’ चौधरी भन्छन्, ‘उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्व नै समस्यामा छ ।’

अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुँवर पनि करीब २७ लाख बराबरको केरा कुहिएर खेर गएको बताउँछन् । ‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ,’ कुँवर भन्छन्, ‘हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ ।’

कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ०० बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि