वर्ष २०७६ केकीका लागि सुखद « Khabarhub

वर्ष २०७६ केकीका लागि सुखद


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीको यो वर्ष सफल रह्यो । उनले अभिनय गरेको फिल्म ‘छ माया छपक्कै’ सुपरहिट भयो । उनले फिल्ममा गरेको अभिनयको पनि तारिफ भयो ।

फिल्म पाएर पनि चर्चा नपाउने केकीले यो वर्ष धेरै चर्चा पाइन् । ‘कोहलपुर एक्सप्रेस’ चोरी गरेर बनाएको भन्दै केकीलाई नै गाली गर्ने दर्शकले पनि उनको तारिफ गरे ।

निर्माताका रुपमा पनि केकी यो वर्ष सफल रहिन् । उनको समेत लगानी रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले पनि चर्चा दिलायो ।

त्यसो त केकीले अभिनय गरेको ‘रातो गलबन्दी’ फिल्मको चर्चा भएन । यो फिल्म हलमा रिलिज भएको समेत दर्शकले पत्तो पाएनन् । यद्यपि यो वर्ष केकीले असफलताभन्दा सफलता पाएकी छिन् ।

महिला हिंसाका बारेमा आवाज उठाउने नायिका भनेर चिनिएकी केकीले यो वर्ष एक बैंकको विज्ञापन र ‘घाँटीभन्दा तल’ बोलको गीत सामाजिक सञ्जालमा शेयर गरेपछि विवादमा तानिइन् ।

र, पनि वर्ष २०७६ केकीका लागि उपलब्धीपूर्ण रह्यो । उनले मोडलिङ गरेका म्युजिक भिडियोको पनि चर्चा भयो । यस वर्ष केकी व्यक्तिगत जीवनका कारणभन्दा बढी फिल्मी करिअरका कारण चर्चामा रहिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ५७ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८