विराज भट्टका लागि यो वर्ष: हात लाग्यो शून्य « Khabarhub

विराज भट्टका लागि यो वर्ष: हात लाग्यो शून्य


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसै वर्ष अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ रिलिज भयो । यो फिल्ममार्फत विराजले निर्देशनमा पनि हात हालेका थिए । कुनै बेला एक्सन स्टारको क्रेज बनाएका विराज यो फिल्मबाट थप आशावादी थिए ।

फिल्म रिलिजपछि भने विराजले राम्रो प्रतिक्रिया पाएनन् । सिङ्गल थिएटरमा फिल्मले कमालको व्यापार गरे पनि मल्टिप्लेक्समा व्यापार गर्न सकेनन् ।

यो फिल्मबाट विराज भने निकै आशावादी थिए । उनले फिल्म उत्कृष्ट बनाएको र बलिउड तथा हलिउडले पनि आफ्नो फिल्मबाट सिक्ने भन्दै अन्तर्वार्ता दिएका थिए ।

एक खाले दर्शकलाई फिल्मले मनोरञ्जन दिलाए पनि फिल्मले ठूलो दर्शक समूहलाई छुन सकेन । अझ फिल्म मेकिङका हिसाबले त ‘साङ्लो’ बिर्सनलायक रह्यो ।

वर्षभरि नै विराज यही फिल्मका कारण चर्चामा रहे । तर, फिल्म नै राम्रो नबन्दा उनी पुनः हराए । अब त उक्त फिल्मलाई दर्शकले भुलिसकेका छन् ।

एउटा फिल्मले कलाकारलाई एक युगसम्म सम्झना दिलाउँछ । विराजको ‘साङ्लो’ भने रिलिजको एक हप्तामै चर्चाविहीन रह्यो ।

चर्चा र सम्भावनाका साथ विराज आफूले चाहेजस्तो फिल्म लिएर नेपाली दर्शकमाझ त आए । तर, यो फिल्म उनका लागि मात्र होइन, दर्शकका लागि पनि ‘हात लाग्यो शून्य’ जस्तै बनेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ०४ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८