भोलि बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीको अपिल « Khabarhub

भोलि बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीको अपिल


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् । भोलि (सोमबार), नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् ।

सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”

ग्लोबल कम्प्याक्ट नेपालले ‘अहिले देशमा कोभिड-१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ।

यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ-आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : २० बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी